होल्डिङ सेन्टरमा रहेका सुकुमबासीलाई ५ दिनभित्र स्थान खाली गर्न निर्देशन
२०८३ असार ९

बाढी जोखिमलाई ध्यानमा राख्दै सरकारले होल्डिङ सेन्टर खाली गराएर सुकुमबासीलाई राहत र भाडा सहयोग उपलब्ध गराउने भएको छ।
बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासी तथा भूमिहीनलाई पाँच दिनभित्र स्थान खाली गर्न निर्देशन दिएको छ। मनसुनका कारण बाढी जोखिम बढेकाले यस्तो निर्णय गरिएको समितिको भनाइ छ। पुनर्स्थापनाका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ र घरबारविहीन प्रमाणित परिवारलाई मासिक १५ हजार रुपैयाँ भाडा सहयोग उपलब्ध गराइने जनाइएको छ।
Tags:
#छोटोखबर #सुकुमबासी #होल्डिङसेन्टर #कीर्तिपुर #बागमतीसभ्यता #पुनर्स्थापना #राहतप्याकेज #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

