प्रधानन्यायाधीश सिफारिसविरुद्धका रिट दर्ता नगर्न मनोज शर्माको निर्देशन खुलासा
२०८३ जेठ ४

मनोज शर्माविरुद्धका रिट दर्ता रोकिएको विषयमा सर्वोच्चभित्रकै निर्देशन रहेको खुल्दै मल्लले सबै निवेदन दर्ता गर्न आदेश दिएकी छन्।
प्रधानन्यायाधीशमा सिफारिस मनोज शर्माले आफूविरुद्धका रिट दर्ता नगर्न सर्वोच्च प्रशासनलाई निर्देशन दिएको खुलेको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले मुख्य रजिस्ट्रारसँग सो विषयमा चासो राख्दा उक्त जानकारी बाहिरिएको हो। मल्लले रिट दर्ता रोक्नु न्यायप्राप्तिमा अवरोध भएको ठहर गर्दै सबै निवेदन दर्ता गरी जेठ ५ गतेका लागि पेसीमा चढाउन आदेश दिएकी छन्।
Tags:
#छोटोखबर #सर्वोच्चअदालत #मनोजशर्मा #सपनाप्रधानमल्ल #न्यायपालिका #रिट #नेपालराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


