कांग्रेसभित्र नेतृत्व हेरफेर र अनुशासन कारबाही
२०८३ बैशाख १६
कांग्रेसले नेतृत्व फेरबदलसँगै अनुशासनसम्बन्धी कारबाही र नयाँ संसदीय जिम्मेवारी तोकेको छ।
नेपाली कांग्रेसले राष्ट्रिय सभामा कमला पन्तलाई संसदीय दलको नेतामा मनोनित गरेको छ भने कृष्ण सिटौलालाई हटाइएको छ। अनुशासन समितिले पूर्णबहादुर खड्कामाथिको स्पष्टीकरण तामेलीमा राखेको छ। रामेछाप सभापति पूर्णबहादुर तामाङ निलम्बित भएका छन्। साथै प्रतिनिधि सभामा अभिषेक प्रताप शाह उपनेता, बासना थापा मुख्य सचेतक र निश्कल राई सचेतक नियुक्त भएका छन्।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #राजनीति #नेतृत्वपरिवर्तन #अनुशासनकारबाही #संसद #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


