प्रधानमन्त्री संसद्मा नआएसम्म सदन चल्न नदिने विपक्षीको अडान
२०८३ जेठ १२

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिएका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन्। प्रतिनिधिसभामा विभिन्न दलका प्रमुख सचेतकहरूले संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताएका हुन्। उनीहरूले जनप्रतिनिधिसँग संवाद गर्न प्रधानमन्त्री तयार हुनुपर्ने र लोकतान्त्रिक अभ्यास कमजोर बनाउन नहुने धारणा राखेका छन्।
Tags:
#संसद् #बालेनशाह #विपक्षीदल #प्रतिनिधिसभा #नेपालराजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


