Choto Khabar Logo

इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजान सर्वोच्च अदालतको आदेश

२०८३ भाद्र २
इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजान सर्वोच्च अदालतको आदेश
पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानको स्वास्थ्य परीक्षण र परिवारसँग साप्ताहिक भेटघाट सुनिश्चित गर्न आदेश दिएका छन्।
पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लैजान आदेश दिएको छ। अदालतले उनका परिवारका सदस्यसँग हरेक साता भेटघाटको व्यवस्था गर्न पनि निर्देशन दिएको छ। तीन सदस्यीय इजलासले स्वास्थ्यसम्बन्धी याचिकामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएका हुन्। यसैबीच, जेल प्रशासनले इमरान खानको आँखाको दृष्टिमा उल्लेखनीय सुधार आएको अदालतलाई जानकारी गराएको छ।

Tags:

#छोटोखबर #इमरानखान #पाकिस्तान #सर्वोच्चअदालत #स्वास्थ्यपरीक्षण #शिफाइण्टरनेसनल #पाकिस्तानराजनीति #पूर्वप्रधानमन्त्री #अदियालाजेल #अन्तर्राष्ट्रियसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू