कांग्रेस नीति प्रतिष्ठानको बैठक आज बस्दै
२०८३ जेठ ३
नेपाली कांग्रेसको नीति प्रतिष्ठानले आजको बैठकमार्फत प्रदेशस्तरीय कार्यक्रमबारे थप छलफल गर्ने भएको छ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। बिहान साढे ११ बजे हुने बैठकमा पार्टी सभापति गगन थापाको उपस्थिति रहने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। यसअघि बसेको पहिलो बैठकले सातै प्रदेशमा प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरेको थियो।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #गगनथापा #सानेपा #राजनीति #नीतिप्रतिष्ठान #कांग्रेसबैठक #नेपालराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


