गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न न्यायिक समिति गठन
२०८३ श्रावण ६

गणेश नेपाली आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले सात दिनको समयसीमासहित न्यायिक समिति गठन गरेको छ।
सरकारले गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। महानगर प्रहरीसँग विवादपछि आत्मदाह गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो। समिति गठन पीडित पक्षसँग भएको ९ बुँदे सहमतिअनुसार गरिएको हो।
Tags:
#छोटोखबर #गणेशनेपाली #न्यायिकसमिति #मन्त्रिपरिषद् #आत्मदाह #वीरअस्पताल #काठमाडौं
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

