Choto Khabar Logo

पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

२०८३ श्रावण ५
पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
अख्तियारले पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले उनीसँग एक करोड ७१ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। अख्तियारका अनुसार अधिकारीले गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट १३ आना जग्गा लिएको आरोप छ।

Tags:

#छोटोखबर #अख्तियार #प्रदीपअधिकारी #सम्पत्तिशुद्धीकरण #भ्रष्टाचार #विशेषअदालत #नागरिकउड्डयन #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू