ट्रम्पद्वारा इरानलाई कडा चेतावनी

admin admin
२०८२ फाल्गुण १७
ट्रम्पद्वारा इरानलाई कडा चेतावनी
खामेनेईको मृत्युको बदलामा अमेरिकी सैन्य अखडा र इजरायलमाथि आक्रमण गर्ने धम्की इस्लामिक रेभलूशनरी गार्ड कोरले दिएपछि ट्रम्पले प्रतिक्रिया दिएका हुन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई अमेरिका र इजरायलमाथि प्रत्याक्रमण नगर्न चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमा इरानले कडा आक्रमणको योजना बनाएको उल्लेख गर्दै त्यसो नगर्न आग्रह गरे। आक्रमण भएमा अभूतपूर्व शक्तिका साथ जवाफ दिने उनले बताएका छन्। इरानको सैन्य समूहले बदलास्वरूप आक्रमणको धम्की दिएको छ।

Tags:

#छोटोखबर #अमेरिका #इजरायल #इरान #राजनीति #अन्तर्राष्ट्रियसमाचार #चेतावनी

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू