Choto Khabar Logo

केपी शर्मा ओली माथि एमालेभित्र दबाब बढ्दो

२०८३ जेठ १०
केपी शर्मा ओली माथि एमालेभित्र दबाब बढ्दो
एमाले सचिवालय बैठकमा अधिकांश नेताले केपी शर्मा ओली को नेतृत्वमाथि असन्तुष्टि जनाउँदै परिवर्तनको संकेत गरेका छन्।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि भक्तपुरको गुण्डुस्थित केपी शर्मा ओली निवासमा बस्दैछ। अधिकांश नेताले ओलीको कार्यशैलीको आलोचना गर्दै नेतृत्व हस्तान्तरणको सुझाव दिएका छन्। महासचिव शंकर पोखरेल सहित केही नेताले वर्तमान अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताएका छन् भने केही नेताले ओलीको पक्षमा समर्थन जनाएका छन्। आज बाँकी नेताको धारणा सुनेपछि ओलीले जवाफ दिने कार्यक्रम छ।

Tags:

#छोटोखबर #नेकपाएमाले #केपीशर्माओली #एमालेबैठक #नेतृत्वसंकट #नेपालराजनीति #शंकरपोखरेल #राजनीतिखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू