पूर्व गोर्खा सैनिकका समस्या समाधान गर्न बेलायत सकारात्मक
२०८३ जेठ ८

नेपाल–बेलायत भेटवार्तामा पूर्व गोर्खा सैनिकका समस्या समाधान र द्विपक्षीय सहकार्य विस्तारमा जोड दिइएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतकी मन्त्री सीमा मल्होत्रा बीच भेटवार्ता भएको छ। मन्त्री खनालले पूर्व ब्रिटिस गोर्खा सैनिकका समस्या छिटो समाधान गर्न आग्रह गरेका थिए। बेलायत सरकार यस विषयमा सकारात्मक रहेको मल्होत्राले बताइन्। भेटमा लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु र डिजिटल प्रविधिमा सहकार्य बढाउने विषयमा पनि छलफल भएको थियो।
Tags:
#शिशिरखनाल #सीमामल्होत्रा #नेपालबेलायतसम्बन्ध #गोर्खासैनिक #कूटनीति #परराष्ट्र #नेपाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


