उपचार खर्च विवादपछि एमालेले राज्यकोषमा रकम फिर्ता गर्यो
२०८३ जेठ ७

उपचार खर्च विवादमा अख्तियारको छानबिनपछि एमालेले झन्डै ४ करोड रुपैयाँ राज्यकोषमा फिर्ता गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि एमालेले पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनालको उपचार खर्चबापत राज्यकोषबाट खर्च भएको झन्डै ३ करोड ८६ लाख रुपैयाँ फिर्ता गरेको छ । राष्ट्र बैंकमा रकम जम्मा गरिएको स्रोतले जनाएको छ । गैरकानुनी रूपमा उपचार खर्च भुक्तानी गरिएको उजुरीमाथि अख्तियारले अनुसन्धान गरिरहेको थियो ।
Tags:
#एमाले #उपचारखर्च #अख्तियार #केपीओली #झलनाथखनाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


