राष्ट्रिय मानव अधिकार आयोगद्वारा सुशीला कार्कीदेखि सुधन गुरुङसम्ममाथि थप अनुसन्धान सिफारिस
२०८३ जेठ १३

आयोगले जेनजी आन्दोलन हिंसात्मक बनेको घटनामा विभिन्न नेता, अभियान्ता र समर्थकमाथि अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सिफारिस गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगले २३–२४ भदौको जेनजी आन्दोलनमा भएको मानव अधिकार उल्लंघन र क्षतिबारे पूर्वप्रधानमन्त्री सुशीला कार्की, सुधन गुरुङसहित विभिन्न अभियान्ता, समर्थक र आयोजकमाथि थप अनुसन्धान सिफारिस गरेको छ। आयोगले उनीहरूको अभिव्यक्ति, भूमिका र आन्दोलन हिंसात्मक बन्न सहयोग पुगेको वा नपुगेकोबारे सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सरकारलाई सुझाव दिएको छ।
Tags:
#छोटोखबर #जेनजीआन्दोलन #मानवअधिकारआयोग #सुशीलाकार्की #सुधनगुरुङ #नेपालराजनीति #अनुसन्धान #मानवअधिकार #आन्दोलन #कारबाही
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


