प्रा.डा. भोला थापालाई त्रिविको उपकुलपति नियुक्त गर्ने सरकारको तयारी
२०८३ असार १९

सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले थापालाई नियुक्त गर्ने निर्णय अन्तिम चरणमा पुर्याएका छन्। सिफारिस समितिले प्रा.डा. थापासहित प्रा.डा. नन्दबहादुर सिंह र प्रा.डा. दुर्गादत्त पौडेलको नाम सिफारिस गरेको थियो। हाल त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा. सुशील बज्राचार्यले सम्हालिरहेका छन्।
Tags:
#त्रिभुवनविश्वविद्यालय #त्रिवि #उपकुलपति #भोलाथापा #शिक्षा #उच्चशिक्षा #नेपालसरकार #बालेनशाह #शैक्षिकक्षेत्र #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

