मन्त्रिपरिषद्को निर्णय: ८ एआईजी सरुवा, राष्ट्रिय सदाचार र विज्ञापन नीति स्वीकृत
२०८३ असार १८

मन्त्रिपरिषद्ले ८ एआईजीको सरुवासहित विभिन्न नियुक्ति, नियमावली, नीति र विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ।
सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यकारी निर्देशक तथा महाप्रबन्धक नियुक्तिसहित कमैया श्रम निषेध नियमावली, शिक्षा नियमावली (दशौं संशोधन), राष्ट्रिय सदाचार नीति–२०८३ र राष्ट्रिय विज्ञापन नीति–२०८३ स्वीकृत गरेको छ। साथै, केही कानुन संशोधनसम्बन्धी विधेयक र समुद्री जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता अनुमोदनका लागि संघीय संसद्मा पेश गर्ने निर्णय पनि गरिएको छ।
Tags:
#मन्त्रिपरिषद् #नेपालप्रहरी #एआईजी #सरुवा #राष्ट्रियसदाचारनीति #राष्ट्रियविज्ञापननीति #सरकारनिर्णय #नेपालसमाचार #प्रशासन #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


