सरकारद्वारा दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस
२०८३ बैशाख १५

सरकारले संवैधानिक नियुक्ति प्रक्रियालाई अघि बढाउन दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
सरकारले सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गर्दै अध्यादेश शितलनिवास पठाएको हो। यसअघि संसद् अधिवेशन आह्वान र स्थगनपछि नियुक्ति प्रक्रियालाई अघि बढाउन यो कदम चालिएको हो। कांग्रेसले संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषद् पूर्ण भएको छ।
Tags:
#अध्यादेश #सरकारनिर्णय #संवैधानिकपरिषद् #राजनीति #नेपाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


