इन्धन संकटका कारण श्रीलङ्कामा हप्तामा तीन दिन बिदा
२०८२ चैत्र ३

लडाइँ सुरु भएपछि 'स्ट्रेट अफ होर्मुज' अवरुद्ध हुँदा उत्पन्न असहज परिस्थिति सामना गर्न एशियाली देशहरूले विभिन्न उपाय अवलम्बन गर्न थालेका छन्।
इरानसँग अमेरिका र इजरेलको युद्धपछि इन्धन अभावको जोखिम बढेपछि श्रीलङ्काले प्रत्येक बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। ‘स्ट्रेट अफ होर्मुज’ अवरुद्ध हुँदा तेल आपूर्ति प्रभावित भएको छ। सरकारले सवारीसाधनका लागि कोटा प्रणाली लागू गरेको छ। अत्यावश्यक सेवा बाहेक सरकारी कार्यालय र शैक्षिक संस्था तीन दिन बन्द रहनेछन्।
Tags:
#छोटोखबर #श्रीलङ्का #इन्धनसंकट #विश्वसमाचार #तेल #अर्थतन्त्र
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्