पूर्वमन्त्री राजकुमार गुप्ता ५० लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
२०८३ जेठ ६

सर्वोच्च अदालतले घुस प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री गुप्तालाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतले घुस आरोपमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतको थुनामा पठाउने आदेश बदर गर्दै सर्वोच्चले उनलाई धरौटी वा बैंक ग्यारेन्टी बुझाएर मुद्दाको पुर्पक्षमा तारेखमा राख्न भनेको हो । अन्य सहआरोपीहरूको हकमा पनि विशेष अदालतको धरौटी आदेश सदर गरिएको छ ।
Tags:
#राजकुमारगुप्ता #सर्वोच्चअदालत #भ्रष्टाचार #धरौटी #नेपालसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्