त्रिविले अध्ययन बिदापछि नफर्किएका प्राध्यापक–कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन
२०८३ असार ३

त्रिविले अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापक–कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन नत्र कारबाही हुने चेतावनी दिएको छ।
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवा अवधि पूरा नगरी नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। अन्यथा कानुनी कारबाही र कबुलियतनामाअनुसार प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ। हालसम्म ५० जनाबाट ११ करोड ८४ लाख रुपैयाँ फिर्ता भइसकेको छ। अध्ययन बिदाको दुरुपयोगले विश्वविद्यालयलाई क्षति पुगेको बताइएको छ।
Tags:
#छोटोखबर #त्रिवि #त्रिभुवनविश्वविद्यालय #शिक्षा #प्राध्यापक #अध्ययनबिदा #कानुनीकारबाही #नेपाल #विश्वविद्यालय
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
