राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
२०८३ असार २

राहदानी छपाइ ठेक्कामा अनियमितताको आरोपमा महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
राहदानी छपाइ तथा आपूर्ति प्रक्रियामा अनियमितता भएको आरोपमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारको टोलीले विभाग पुगेर सम्बन्धित कागजातसमेत नियन्त्रणमा लिएको छ। ठेक्का प्रक्रियामा मिलेमतो गरी करोडौँ रुपैयाँ अनियमितता गरिएको उजुरीमाथि विस्तृत अनुसन्धान अघि बढाइएको छ।
Tags:
#छोटोखबर #अख्तियार #राहदानीविभाग #तीर्थराजअर्याल #भ्रष्टाचार #अनियमितता #पासपोर्ट #अनुसन्धान #नेपाल #सुशासन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
