गगन थापाको सभापतित्वमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
२०८२ माघ ९

थापा सभापति भएपछि पहिलो पटक कांग्रेस केन्द्रीय कार्यालयमा बैठक बसेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। नवनिर्वाचित सभापति गगन थापाको सभापतित्वमा पहिलो पटक केन्द्रीय कार्यालयमै बैठक बसेको हो। बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य र प्रदेश सभापति उपस्थित छन्। सभापतिलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने एजेन्डा आजको बैठकको मुख्य विषय हो।
Tags:
#नेपालीकांग्रेस #गगनथापा #केन्द्रीयकार्यसमिति #प्रधानमन्त्रीउम्मेदवार #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



