आयोगद्वारा ओली र लेखकबाहेकको स्थानहद फुकुवा
Author Author
२०८२ पौष ८

आयोगले मंगलबार सरकारलाई पत्र पठाएर भ्रमण फुकुवा गरिएको जानकारी गराएको छ।
भदौ २३–२४ को घटना सम्बन्धी छानबिन आयोगले पूर्वगृह सचिव गोकर्णमणी दुवाडी, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वकाठमाडौँ जिल्ला अधिकारी छविलाल रिजालमाथिको विदेश भ्रमण र उपत्यका छाड्ने रोक फुकुवा गरेको छ। आयोगले मंगलबार सरकारलाई पत्र पठाएर निर्णय जानकारी गराएको हो। यसअघि आयोगले दुवाडी र रिजाललाई असोज १२ र खापुङलाई कात्तिक २७ बाट विदेश भ्रमणमा रोक लगाएको थियो। तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको बयान नसकिएकोले उनीहरुको स्थानहद फुकुवा गरिएको छैन।
Tags:
#आयोग #जेनजीआन्दोलन #स्थानहद #फुकुवा #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

