महाधिवेशन तयारीबारे छलफल गर्न रास्वपाले सचिवालय बैठक बोलायो
२०८३ असार ३

प्रथम महाधिवेशनको तयारी र विधान संशोधनबारे छलफल गर्न रास्वपाले सचिवालय बैठक बोलाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार बिहान ८ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको छ। कोषाध्यक्ष लिमा अधिकारीका अनुसार बैठकमा प्रथम महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशन कार्यविधिलगायत विषयमा छलफल हुनेछ। रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ।
Tags:
#छोटोखबर #रास्वपा #राष्ट्रियस्वतन्त्रपार्टी #महाधिवेशन #चितवन #सचिवालयबैठक #विधानसंशोधन #राजनीति #नेपालसमाचार #लिमाअधिकारी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


