रास्वपा महाधिवेशनमा आजैदेखि निर्वाचन प्रक्रिया, ९९ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा
२०८३ असार ९

रास्वपाले आजैदेखि निर्वाचन प्रक्रिया सुरु गर्दै केन्द्रीय नेतृत्व चयनको तयारी अघि बढाएको छ।
चितवनमा जारी रास्वपा महाधिवेशनअन्तर्गत आजैदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। ढिलोगरी सुरु भएको बन्दसत्रसँगै उम्मेदवारी र मतदानको तयारी अघि बढाइएको छ। सभापतिमा रवि लामिछानेलाई निर्विरोध चयन गर्ने तयारी छ भने ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। पदाधिकारीको निर्वाचन दोस्रो चरणमा हुनेछ। रास्वपाले बुधबारसम्म महाधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको छ।
Tags:
#छोटोखबर #रास्वपा #महाधिवेशन #निर्वाचन #रविलामिछाने #केन्द्रीयसदस्य #राजनीति #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


