एमालेका नेता मानन्धर र ढकाल कांग्रेस प्रवेश
admin admin
२०८२ फाल्गुण ७

स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका रामवीर मानन्धर कांग्रेस प्रवेश गरेका छन् भने जनार्दन ढकाल नेपाल कम्युनिस्ट पार्टी (एमाले) रसुवाका पूर्वजिल्ला अध्यक्ष तथा पूर्वसंविधानसभा सदस्य हुन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता रामवीर मानन्धर र जनार्दन ढकाल सहित करिब १०० जना नेता–कार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सभापति गगन थापा ले उनीहरूलाई सदस्यता प्रदान गरे। पूर्वमन्त्री तथा पूर्वसांसद मानन्धर र पूर्वसंविधानसभा सदस्य ढकालसँगै विभिन्न तहका एमाले कार्यकर्ता कांग्रेसमा आबद्ध भएका हुन्।
Tags:
#नेपालीकांग्रेस #एमाले #गगनथापा #राजनीति #दलपरिवर्तन #काठमाडौं #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

