प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित
२०८३ असार १०

विशेष कारण देखाउँदै बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गरी शुक्रबार दिउँसो १ बजेका लागि सारिएको छ।
भोलि (बिहीबार) बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश बैठक निर्धारित समयमा बस्न नसक्ने जनाएको हो। संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार स्थगित बैठक अब शुक्रबार दिउँसो १ बजे बस्नेछ। बैठक स्थगित हुनुको विस्तृत कारण भने सचिवालयले खुलाएको छैन।
Tags:
#प्रतिनिधिसभा #संसद्बैठक #संघीयसंसद् #नेपालराजनीति #संसद्स्थगित #पद्मप्रसादपाण्डेय #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


