डा. श्रीकृष्ण गिरीलाई चिकित्सा शिक्षा आयोगको जिम्मेवारी
२०८३ जेठ १२

सरकारले रिक्त रहेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा डा. श्रीकृष्ण गिरीलाई अस्थायी जिम्मेवारी दिएको छ।
सरकारले डा. श्रीकृष्ण गिरीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई जिम्मेवारी दिएका हुन्। अध्यादेशपछि आयोगको पद रिक्त भएको थियो। डा. गोविन्द केसीको सुझावअनुसार पूर्वउपाध्यक्ष गिरीलाई जिम्मेवारी दिइएको हो। गिरीले मंगलबारदेखि आयोगमा कामकाज सुरु गरेका छन्।
Tags:
#चिकित्साशिक्षा #श्रीकृष्णगिरी #बालेनशाह #गोविन्दकेसी #स्वास्थ्यशिक्षा #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्