भारत भ्रमणपछि स्वदेश फर्किंदै परराष्ट्रमन्त्री खनाल, सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने अडान
२०८३ जेठ २४

परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा सीमा विवादलगायत विषय कूटनीतिक प्रक्रियामार्फत समाधान गर्ने नेपालको अडान पुनः दोहोर्याएका छन्।
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश फर्किंदैछन्। भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको वार्तापछि उनले सीमा विवादलगायत सबै बाँकी विषय कूटनीतिक संवादमार्फत समाधान गर्ने नेपालको अडान दोहोर्याए। लिपुलेक–कालापानीबारे नेपालले भारत र चीन दुवैलाई आफ्नो दाबी स्पष्ट गरिसकेको उनले बताए। ईपीजी प्रतिवेदन र गोर्खा भर्तीबारे थप संवाद आवश्यक रहेको पनि उनले उल्लेख गरे।
Tags:
#छोटोखबर #शिशिरखनाल #भारतभ्रमण #नेपालभारतसम्बन्ध #सीमाविवाद #कूटनीति #लिपुलेक #कालापानी #विदेशनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


