विश्वविद्यालयमा दलीय विद्यार्थी संगठन प्रतिबन्ध रोक्न सर्वोच्चको अन्तरिम आदेश
२०८३ बैशाख २८

सर्वोच्चले विश्वविद्यालयमा दलीय विद्यार्थी संगठन प्रतिबन्ध गर्ने सरकारी निर्णय रोक्दै अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा दलीय विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई छलफलमा बोलाउँदै अल्पकालीन आदेश जारी गरेको हो । विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध अनेरास्ववियु लगायत आठ संगठनले रिट दायर गरेका थिए, जसमा सर्वोच्चले तत्काल रोक लगाएको छ ।
Tags:
#सर्वोच्चअदालत #विद्यार्थीसंगठन #विश्वविद्यालय #अन्तरिमआदेश #अनेरास्ववियु #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


