संविधान संशोधन बहसपत्रका लागि निजी क्षेत्रसँग मंगलबार छलफल हुँदै
२०८३ जेठ ११

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले व्यवसायीहरूसँग सुझाव संकलनका लागि छलफल गर्ने तयारी गरेको छ।
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले निजी क्षेत्रका व्यवसायीसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले मंगलबार व्यवसायीहरूलाई छलफलका लागि बोलाएको हो। विभिन्न क्षेत्रसँग परामर्श गर्दै आएको कार्यदलले संशोधनका विषयमा सुझाव संकलन गरिरहेको छ।
Tags:
#संविधानसंशोधन #बहसपत्र #असिमशाह #निजीक्षेत्र #नेपालराजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


