विज्ञापन दिवसको अवसरमा बसन्तपुरमा रक्तदान कार्यक्रम आयोजना हुने
२०८३ जेठ २९
३६औँ विज्ञापन दिवसको अवसरमा विज्ञापन संघ नेपालले जेठ ३० गते बसन्तपुरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
विज्ञापन संघ नेपाल (आन) ले आफ्नो ३६औँ स्थापना दिवस ‘एड डे’ को अवसरमा ‘रक्तदान जीवनदान’ नारासहित रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम जेठ ३० गते शनिबार बिहान १० बजे काठमाडौंको बसन्तपुरमा हुनेछ। ‘आन्स मन्थ अफ क्रिएटिभिटी’ अन्तर्गत आयोजना हुने कार्यक्रममा एड क्लब नेपाल, आईएए नेपाल र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहनेछ।
Tags:
#छोटोखबर #विज्ञापनदिवस #विज्ञापनसंघनेपाल #रक्तदानजीवनदान #रक्तदानकार्यक्रम #बसन्तपुर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


