अमेरिकापछि इजरायल पनि संयुक्त राष्ट्रसंघका एजेन्सीबाट अलग
२०८२ पौष ३०
इजरायलको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिका पछि हटेपछिको स्थितिलाई समिक्षा गर्दै तत्काल प्रभावसहित संयुक्त राष्ट्रसंघ र विभिन्न अन्तर्राष्ट्रिय संगठनबाट अलग हुने घोषणा गरेको जनाएको छ ।
अमेरिकापछि इजरायलले पनि संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सीबाट अलग हुने घोषणा गरेको छ । पक्षपातपूर्ण व्यवहार र राजनीतिकरण गरेको आरोप इजरायलले लगाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ६६ अन्तर्राष्ट्रिय संगठनबाट अमेरिका फिर्ता गरेपछि इजरायलले समीक्षा गर्दै तत्काल प्रभावसहित यूएनका केही प्रमुख एजेन्सी छोड्ने निर्णय गरेको हो ।
Tags:
#इजरायल #संयुक्तराष्ट्रसंघ #अन्तर्राष्ट्रियराजनीति #अमेरिका #यूएन #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्