रास्वपाले ‘संवैधानिक समाजवाद’ छाड्दै ‘सामाजिक लोकतन्त्र’लाई नयाँ सिद्धान्त बनायो
२०८३ असार १०

रास्वपाले ‘संवैधानिक समाजवाद’ परित्याग गर्दै ‘सामाजिक लोकतन्त्र’लाई आफ्नो नयाँ राजनीतिक सिद्धान्तका रूपमा अघि सारेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक सिद्धान्त परिवर्तन गरेको छ। सभापति रवि लामिछानेले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत ‘संवैधानिक समाजवाद’को सट्टा ‘सामाजिक लोकतन्त्र’लाई पार्टीको नयाँ मूल सिद्धान्त बनाउने प्रस्ताव गरेका छन्। लोकतान्त्रिक मूल्य, प्रतिस्पर्धात्मक अर्थतन्त्र, उत्तरदायी शासन र बलिया संस्थालाई परस्पर पूरक मान्दै संविधान र राजनीतिक सिद्धान्त फरक विषय भएको निष्कर्ष पार्टीले निकालेको छ।
Tags:
#रास्वपा #रवि_लामिछाने #सामाजिक_लोकतन्त्र #संवैधानिक_समाजवाद #महाधिवेशन #राजनीतिक_सिद्धान्त #नेपाल_राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


