सरकार सञ्चालनको जिम्मा बालेन शाहलाई, सहकार्यमा समस्या आउन दिँदैनौँ : रवि लामिछाने
२०८३ असार ७

रवि लामिछानेले सरकार सञ्चालनको नेतृत्व बालेन शाहलाई रहेको भन्दै सहकार्य मजबुत रहने बताएका छन्।
रास्वपा सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मा प्रधानमन्त्री बालेन शाहलाई दिइएको बताएका छन्। चितवनमा आयोजित प्रथम महाधिवेशन उद्घाटनमा उनले चुनावअघि नै सहकार्यको आधार तयार भएको दाबी गर्दै बालेनलाई “गोल हान्ने जिम्मा” रहेको टिप्पणी गरे। उनले सहकार्यमा कुनै बाधा आउन नदिने र इतिहासप्रति उत्तरदायी भएर अघि बढ्ने बताए।
Tags:
#छोटोखबर #रविलामिछाने #बालेनशाह #रास्वपा #राजनीति #नेपाल #सरकार #सहकार्य #चितवन #महाधिवेशन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


