Choto Khabar Logo

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, आजै शपथ ग्रहण

२०८२ चैत्र १३
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, आजै शपथ ग्रहण
उनी आजै शुभ साइतमा प्रधानमन्त्री पदको शपथ लिनेछन्, जसका लागि विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणा गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। संविधानको धारा ७६(१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा उनलाई जिम्मेवारी दिइएको हो। शाहले आजै दिउँसो १२:३४ बजे शीतल निवासमा वैदिक विधिअनुसार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

Tags:

#छोटोखबर #राजनीति #नेपालसरकार #प्रधानमन्त्री #बालेन्द्रशाह #रास्वपा #राष्ट्रपति #शपथग्रहण

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू