Choto Khabar Logo

बालेन्द्र शाहको शपथ आज, १५ सदस्यीय मन्त्रिमण्डल तय

२०८२ चैत्र १३
बालेन्द्र शाहको शपथ आज, १५ सदस्यीय मन्त्रिमण्डल तय
प्रधानमन्त्रीमा नियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले आज (चैत १३) दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह आज चैत १३ दिउँसो १२:३४ बजे प्रधानमन्त्री पदको शपथ लिँदै छन्। सोही दिन मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। पार्टीले १६ सदस्यीय मन्त्रिमण्डलको टुंगो लगाइसकेको जनाएको छ, जसमा अर्थ, गृह, परराष्ट्र, शिक्षा, स्वास्थ्यलगायत विभिन्न मन्त्रालयका जिम्मेवारी बाँडफाँट गरिएको छ। नयाँ सरकार गठनसँगै प्रशासनिक र नीतिगत काम अघि बढाउने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीसहित मन्त्री बन्न लागेकाको सूची– १. बालेन्द्र शाह (बालेन) – प्रधानमन्त्री, रक्षा २. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री ३. सुधन गुरुङ – गृहमन्त्री ४. शिशिर खनाल – परराष्ट्रमन्त्री ५. सोविता गौतम – कानुनमन्त्री ६. सस्मित पोखरेल – शिक्षामन्त्री ७. सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात ८. प्रतिभा रावल – सामान्य प्रशासन/भूमि, सहकारी तथा गरिबी निवारण ९. सीता वादी – महिला बालबालिका तथा ज्येष्ठ नागरिक १०. विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ ११. निशा मेहता – स्वास्थ्य तथा जनसंख्या १२. गनेश पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन १३. डा. विक्रम तिमल्सिना – सञ्चार तथा सूचना १४. दीपक साह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा १५. गीता चौधरी – कृषि तथा पशुपन्छी

Tags:

#छोटोखबर #नेपालराजनीति #मन्त्रिमण्डल #रास्वपा #बालेन #सरकारगठन #शपथ #समाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू