खराब व्यवस्थालाई फ्याँक्नुपर्छ, समस्या समाधानबिना चुनाव उपयुक्त छैन: पूर्वराजा शाह
२०८२ फाल्गुण ६

पूर्वराजा शाहले भने, मुलुक अहिले अस्थिर र संकटग्रस्त छ र विगतका सबै आन्दोलन र परिवर्तनहरूले नेपाल र नेपालीलाई के दिएको भन्ने आत्मसमीक्षा आवश्यक भएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहले ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा जारी भिडियो सन्देशमा मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने बताएका छन्। उनले भने, “कुनै व्यवस्थाको राम्रा पक्ष राख्नुपर्छ, नराम्रो पक्ष त्याग्नुपर्छ। वर्तमान विषम परिस्थितिमा राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उचित छैन।”
Tags:
#छोटोखबर #पूर्वराजा #ज्ञानेन्द्रशाह #नेपाल #राजनीति #राष्ट्रियसमस्या #निर्वाचन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



