ई–पासपोर्ट भ्रष्टाचार मुद्दामा थुनछेक बहस सुरु
२०८३ असार ११

ई–पासपोर्ट छपाइ प्रकरणमा बयान सकिएपछि विशेष अदालतमा थुनछेक बहस सुरु भएको छ।
ई–पासपोर्ट छपाइ अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको बयान सकिएपछि विशेष अदालतमा थुनछेक बहस सुरु भएको छ। बहसपछि अदालतले अभियुक्तलाई धरौटीमा रिहा गर्ने वा थुनामै राखेर पुर्पक्ष अघि बढाउने निर्णय गर्नेछ। अख्तियारले यस प्रकरणमा १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी गर्दै मुद्दा दायर गरेको छ।
Tags:
#ईपासपोर्ट #राहदानीविभाग #तीर्थराजअर्याल #भ्रष्टाचारमुद्दा #विशेषअदालत #अख्तियार #नेपालसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

