Choto Khabar Logo

रास्वपाद्वारा भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी

२०८३ बैशाख ७
रास्वपाद्वारा भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी
रास्वपाले सोमबारको बैठकमा भूपदेव शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि सार्ने तयारी गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ। सोमबार बस्ने केन्द्रीय समिति बैठकमा उनको नाम प्रस्ताव गर्ने कार्यसूची रहेको छ। बालेन शाह निकट भूपदेव यसअघि सहमहामन्त्री थिए। काठमाडौं महानगरमा प्रमुख स्वकीय सचिव रहेका उनी अछाम–२ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए। उनी हाल पार्टी कार्यालय पुगेका छन्।

Tags:

#छोटोखबर #रास्वपा #भूपदेवशाह #राजनीति #नेपाल #बालेन #केन्द्रीयसमिति #समाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू