लिलाकुमारी भण्डारी राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचित
२०८२ चैत्र २३

लिलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचित भई सदस्यहरूले बधाई दिएका छन्।
राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्वाचित भएकी छन्। सोमबार बसेको राष्ट्रिय सभा बैठकमा उनी निर्विरोध उपाध्यक्ष बनेको घोषणा गरिएको हो। भण्डारी माघ ११ गते सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यका रूपमा निर्वाचित भएकी थिइन्। उनी निर्वाचित भएपछि सबै सदस्यहरूले उनलाई बधाई दिएका छन्।
Tags:
#छोटोखबर #राष्ट्रियसभा #उपाध्यक्ष #नेपाल #राजनीति #नेकपा एमाले #संसद
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


