इरान–अमेरिका वार्ता आजै सुरु हुन सक्ने, हर्मुज जलमार्ग विवादले बढायो तनाव
२०८३ असार ७

इरान–अमेरिका वार्ता सुरु हुने तयारी भइरहँदा लेबनानमा भएको आक्रमण र हर्मुज जलमार्गको विवादले क्षेत्रीय तनाव पुनः चर्किएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ता आइतबारदेखि नै सुरु हुन सक्ने बताएका छन्। वार्ताका लागि अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनर स्विट्जरल्यान्ड पुगिसकेका छन् भने भान्स पनि छिट्टै त्यहाँ जाने तयारीमा छन्। यसबीच लेबनानमा इजरायली आक्रमणपछि इरानले विरोध जनाएको छ। हर्मुज जलमार्ग पुनः बन्द गरिएको दाबी भए पनि अमेरिकाले त्यसको प्रमाण नभेटिएको जनाएको छ।
Tags:
#इरानअमेरिका_वार्ता #जेडीभान्स #हर्मुज_जलमार्ग #स्विट्जरल्यान्ड #पश्चिमएसिया #लेबनान #इजरायल #अन्तर्राष्ट्रियसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्