रवि लामिछाने र मोदीबीच भेट, सहकार्यका लागि भारत उत्सुक
२०८३ जेठ २०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछानेसँगको भेटपछि नेपालसँगको विशेष सम्बन्धलाई थप सुदृढ बनाउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन्।
रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटमा एस जयशंकर, अजित डोभाल र विक्रम मिस्री पनि उपस्थित थिए। भेटपछि मोदीले साझा र समृद्ध भविष्यका लागि सहकार्य गर्ने लामिछानेको चाहनालाई स्वागत गर्दै नेपालसँगको विशेष सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन भारत उत्सुक रहेको बताएका छन्।
Tags:
#छोटोखबर #रविलामिछाने #नरेन्द्रमोदी #रास्वपा #नेपालभारतसम्बन्ध #भारतभ्रमण #एसजयशंकर #अजितडोभाल #कूटनीति #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


