न्यायपालिकामा हस्तक्षेप स्वीकार हुँदैन : प्रधानन्यायाधीश शर्मा
२०८३ जेठ ५

प्रधानन्यायाधीश शर्माले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा कुनै सम्झौता नहुने बताएका छन् ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको स्वतन्त्रता र न्याय सम्पादन प्रक्रियामा कुनै हस्तक्षेप स्वीकार नगर्ने बताएका छन् । सर्वोच्च अदालतमा पदभार ग्रहणपछि उनले स्वतन्त्र, निष्पक्ष र जनविश्वासयुक्त न्यायपालिका निर्माण आफ्नो मुख्य लक्ष्य भएको बताए । संविधान, विधिको शासन र मौलिक अधिकार संरक्षणप्रति प्रतिबद्धता जनाउँदै उनले न्यायिक मर्यादामा सम्झौता नहुने स्पष्ट पारे ।
Tags:
#मनोजकुमारशर्मा #प्रधानन्यायाधीश #सर्वोच्चअदालत #न्यायपालिका #नेपालसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


