दुर्गा प्रसाईंको पक्राउबारे २४ घण्टाभित्र जवाफ दिन सर्वोच्चको आदेश
२०८३ जेठ ६

सर्वोच्च अदालतले दुर्गा प्रसाईंको पक्राउबारे २४ घण्टाभित्र कारणसहित जवाफ माग गरेको छ ।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले जिल्ला प्रहरी कार्यालय पर्सा लगायतलाई जवाफ मागेको हो । साथै आगामी पेसीमा अनुसन्धान फाइल पेस गर्न महान्यायाधिवक्ता कार्यालयलाई पनि निर्देशन दिएको छ ।
Tags:
#दुर्गाप्रसाईं #सर्वोच्चअदालत #पर्सा #बन्दीप्रत्यक्षीकरण #नेपालसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्