उपसभामुखमा रूबी ठाकुरलाई रास्वपाको समर्थन
२०८२ चैत्र २७

रास्वपाले उपसभामुख निर्वाचनमा रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले बताए। आज दिउँसो ४ बजे हुने निर्वाचनमा ठाकुर र राप्रपाकी सरस्वती लामाबीच प्रतिस्पर्धा हुनेछ। रास्वपाको समर्थनले ठाकुरको जित बलियो देखिएको छ।
Tags:
#छोटोखबर #रास्वपा #उपसभामुखनिर्वाचन #रुबीकुमारीठाकुर #सरस्वतीलामा #नेपालराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३