कांग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद
२०८२ चैत्र १

अब बस्ने केन्द्रीय समिति बैठकले निर्वाचनको समग्र समीक्षा गर्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने बताइएको छ।
नेपाली कांग्रेसले समानुपातिक प्रणालीअन्तर्गत बन्दसूचीबाट २० जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। कार्यसम्पादन समितिको बैठकले आजै नामावली बुझाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए। सूचीमा आदिवासी जनजाति र खसआर्यबाट ६–६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक जना समेटिनेछन्। तीमध्ये १५ जना महिला अनिवार्य हुनेछन्।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #समानुपातिक #निर्वाचनआयोग #नेपालीराजनीति #सांसद
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


