Choto Khabar Logo

उम्मेदवारहरूले अब निर्वाचन प्रयोजनको खाताबाट मात्रै चन्दा संकलन गर्न पाउने

२०८२ माघ २३
उम्मेदवारहरूले अब निर्वाचन प्रयोजनको खाताबाट मात्रै चन्दा संकलन गर्न पाउने
निर्वाचन सकिएपछि ३५ दिनभित्र उम्मेदवार र दलहरूले खोलेका खाता बन्द गर्नुपर्नेछ भने बैंकहरूले ती खाताका विवरण राज्य नियमनकारी निकाय बाहेक कसैले नहेर्न पाउने गरी ६ वर्षसम्म सुरक्षित राख्नेछन्।
निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई अब आफ्नो नीजि खाताबाट होइन, केवल निर्वाचन प्रयोजनको खाताबाट मात्र आर्थिक सहयोग र चन्दा संकलन गर्न पाउने नियम लागू गरेको छ। बैंक खाताहरू आयोगको अनुगमनमा रहनेछन्। नगद कारोबार निषेध गरिएको छ। पहिलेका खातामा रहेको रकम नयाँ खातामा सार्नुपर्नेछ र खर्चको हद तोकिएको छ।

Tags:

#निर्वाचनखाता #चन्दा #आर्थिकसहयोग #निर्वाचनआयोग #स्वच्छनिर्वाचन #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू