Choto Khabar Logo

वीरगन्जका मेयर राजेशमान सिंहसँग ४ लाख १५ हजार धरौटी माग

२०८३ जेठ १९
वीरगन्जका मेयर राजेशमान सिंहसँग ४ लाख १५ हजार धरौटी माग
पर्सा जिल्ला अदालतले दुई फरक मुद्दामा वीरगन्जका मेयर राजेशमान सिंहसँग कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ।
जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ। जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले थुनछेक बहसपछि लिखित कीर्तेसम्बन्धी मुद्दामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार रुपैयाँ धरौटी तोकेको हो। हाल प्रहरी हिरासतमा रहेका सिंहले धरौटी बुझाएपछि रिहा हुनेछन्।

Tags:

#छोटोखबर #राजेशमानसिंह #वीरगन्ज #पर्साजिल्लाअदालत #धरौटी #थुनछेक #कानुन #न्यायपालिका #नेपालसमाचार #राजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू