तोकिएकै समयमा स्वच्छ र भयरहित निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की
admin admin
२०८२ माघ १९

प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायलाई पारदर्शी र उत्तरदायी बनाउँदै भ्रष्टाचार न्यूनिकरणमा सरकार पूर्ण प्रतिबद्ध रहेको र त्यससम्बन्धी रणनीतिक योजना तथा प्रविधिमा आधारित सुशासनको मार्गचित्र तयारी अन्तिम चरणमा पुगेको बताइन्।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभालाई पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने बताइन्। उनले निर्वाचन सुरक्षा तयारी पूरा भएको, सबै सुरक्षा निकाय परिचालित गरिएको र यस निर्वाचनले नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्ने धारणा राखिन्।
Tags:
#प्रधानमन्त्रीकार्की #राष्ट्रियसभा #निर्वाचनतयारी #लोकतन्त्र #सुशासन #चुनावसुरक्षा #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

