डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्ष, किरण पण्डित डेपुटी गभर्नर नियुक्त
२०८२ चैत्र २४

सरकारले राष्ट्रिय योजना आयोग उपाध्यक्ष र नेपाल राष्ट्र बैंक डेपुटी गभर्नर नियुक्त गर्दै सहकारी समितिका राजीनामा स्वीकृत गरेको छ।
सरकारले डा. गुणाकर भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले किरण पण्डितलाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बनाएको छ। साथै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतम र सदस्यहरू ललिताकुमारी महर्जन तथा ध्रुव आचार्यको राजीनामा स्वीकृत भएको छ। बैठकले विश्व बैंकको ८५ अर्ब ऋण स्वीकृत गरेको ।
Tags:
#छोटोखबर #नेपालसरकार #नियुक्ति #नेपालसमाचार #डेपुटीगभर्नर #राष्ट्रिययोजनाआयोग
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


